काठमाण्डौ। सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशभरि २३ पुगेको छ।
मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा १ महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकामा वडा नं. १ मा १६ वर्षीय किशोर, वडा नं. २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडा नं. ३ मा ४६ वर्षका पुरुष र वडा नं. ६ मा २६ वर्षका युवक छन्।
त्यस्तै सुर्खेतकै भेरीगंगा नगरपालिका २ पुरुष र सिम्ता गाउँपालिकामा पनि दुई पुरुषमा कोरोना पुष्टि भएको छ। भेरीगंगा वडा नं. ८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता वडा नं. ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका छन् उनीहरु स्वस्थ रहेको र उनीहरुलाई कर्णाली प्रदेशअस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19