काठमाण्डौ। बागलुङ जिल्लामा बुधबार बिहान ६ जनाका कोरोनाभाइरस संक्रमण देखिएको छ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार बडिगाड र तमानखोलाका स्थानीय ६ जनामा कोरोना संक्रमण देखिएको हो। ती सबै केही दिनअघिमात्रै भारतबाट फर्केर आएको उनले जानकारी दिए। 

प्रजिअ सैंजूका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको थियो। संक्रमण पुष्टि भएपछि ती सबैजनालाई बागलङुस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा राख्न ल्याइँदै गरेको सैंजूले जानकारी दिए।

यीसँगै बागलुङमा संक्रमितको संख्या ८ पुगेको छ। यसअघि संक्रमित भएका बागलुङका दुईजना निको भएर घर फर्किसकेका छन्।