काठमाण्डौ । भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठाएको छ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य पनि हेरफेर गर्ने गर्छ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ भनेर घटेर आएको छ। जसअनुसार डिजेलमा भने प्रतिलिटर १.३० रुपैयाँ मूल्य घटेर आएको छ।
नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। जसअनुसार निगमलाई पाक्षित (१५ दिन)मा १८ करोड रुपैयाँ नाफा थियो।
डिजेलमा यसअघि प्रतिलिटर १२.१३ रुपैयाँ घाटा व्यहोगर्दै आएको निगमले अब भने १०.८३ रुपैयाँ घाटा रहने निगमले जनाएको छ।
गत वर्षको तुलनामा हाल इन्धनको खपत साढे ७ प्रतिशतले घटेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago