काठमाण्डौ । भारतले पेट्रोल र डिजेलको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रतिलिटर पेट्रोलमा १.९७ रुपैयाँ र डिजेलमा ६.४० रुपैयाँले घटाएर नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ। आईओसीले हरेक १५ दिनमा नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ।
अन्तर्राष्ट्रिय बजारमा कायम भाउअनुसार आईओसीले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरी नेपालमा मूल्यसूची पठाउने गर्छ। यसअघि आईओसीले प्रतिलटर पेट्रोल र डिजेलमा ३–३ रुपैयाँले बढाएर मूल्यसूची पठाएको थियो।
यसअघि निगमलाई पाक्षिक (१५ दिनमा) ९ करोड रुपैयाँ नाफामा हुन्थ्यो। अब नयाँ मूल्यसूचीअनुसार निगमलाई पाक्षिक १ अर्ब रुपैयाँको हाराहारीमा नाफा हुने देखिन्छ।
भारतबाट मूल्य घटेर आए पनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भने गरेको छैन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19