indian rs 1000 and 500
काठमाडौं । भारत सरकारले आफ्ना ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालको कृषिजन्य वस्तु निर्यातमा भारी गिरावट आएको छ ।
नेपालबाट चिया, अलैँची, अदुवा लगायतका कृषि उत्पादन ठूलो परिमाणमा भारत निर्यात हुँदै आएको थियो । नोटमा लागेको प्रतिबन्धसँगै निर्यात १० प्रतिशतमा सीमितभएको व्यापारीहरुले बताएका छन् ।
नेपाली उत्पादन खरिद गर्न भारतीय व्यपारीले पैसा जोहो गर्न नसकेका कारण नेपालबाट यस्ता वस्तुको निर्यात प्रायः ठप्प बनेको नेपाली व्यवसायीको भनाइ छ ।
कृषिजन्य उत्पादनमध्ये नेपालबाट धेरै निर्यात हुने भनेको अलैँची हो । नेपालले बार्षिक करीव ५ हजार मेटि्रकटन अलैँची निर्यात गर्छ ।
भारुका नोटमा लागेको प्रतिबन्धसँगै व्यवसायीहरु खरिदका लागि नआएकाले व्यपार नभएको उत्पादकहरुले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago