काठमाण्डौ । कोरोनाभाइरस रोकथामका लागि भारतमा गरिएको तीनहप्ते लकडाउन समाप्त गर्ने विषयमा चर्चा चल्न थालेको छ।
दी सन्डे एक्सप्रेसका अनुुसार भारतीय केन्द्रीय मन्त्रीहरुको समूहले लकडाउन हटाउने विकल्पमाथि विचारविर्मश गरिरहेका छन्। खबरका अनुुसार यो समूहको अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले गरिरहेका छन्।
भारतमा १४ अप्रिलसम्म लकडाउन गरिएको छ। जनसंख्याका आधारमा भारतको लकडाउन विश्वकै सबैभन्दा ठूलो लकडाउन हो। जहाँ १ अर्बभन्दा धेरै मानिस लकडाउनमा छन्।
अहिले भारतमा लकडाउन लम्बिन्छ कि खुुकुुलो हुुन्छ भन्ने जिज्ञासा सर्वत्र व्यापत रहेको पाइन्छ। भारतमा रहेका ७०० जिल्लामध्ये २०० मा कोरोना संक्रमण फैलिसकेको छ। भारतको दैनिक अखबार भास्करका अनुुसार १४ अप्रिलपछि रेल सेवा बहाल हुुन्छ कि हुँुदैन भन्ने विषयमा फैसला हुुन सकेको छैन। १५ अप्रिलबाट रेल सेवा सुुचारु हुुने विषयमा फैसला नभए पनि लकडाउनमाथि फैसला लिन गठित मन्त्रीस्तरीय समूहको सुुझावपछि फैसला गरिने बताइएको छ।
कोरोनाले विशेषगरी वृद्धवृद्धालाई संक्रमित पारिरहेको भन्ने समाचार आइरहे पनि भारतमा धेरैजसो संक्रमित युुवावर्ग रहेका छन्। टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार भारतमा सबैभन्दा धेरै अर्थात ४१ प्रतिशत संक्रमित २१ देखि ४० वर्षबीचका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19