काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले बिहीबारबाट निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । 

सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन बिहीबार साँझ ५ः०७ बजेसम्ममा २ लाख १८ हजार २१३ जना आवेदकले २१ लाख ४१ हजार ८९० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार २८ करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा १.३७ गुणा बढी हो ।

कम्पनीले जारी पूजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ।

बाँकी रहेको १५ लाख ८७ हजार ३७५ कित्तामा स्थानीयलाई बिक्री हुन बाँकी ४ लाख ८७ हजार ९१० कित्ता जोडेर २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।