काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा  ४.७६ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले गत बिहीबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा हालसम्ममा ८ लाख ४७ हजार ७७० जनाले निवेदन दिएका छन् । जसअनुसार कम्पनीले जारी गरेको आईपीओमा ९८ करोड ८० लाख ४३ हजार रूपैयाँको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ः ७ मिनेटसम्ममा लगानीकर्ताहरुले कम्पनीको आईपीओका लागि ९८ लाख ८० हजार ४३० कित्ता सेयर माग गरेका छन् । कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

 लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।