काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्ममा ६.५४ गुणा बढी आवेदन परेको छ । 

सीडीएस एन्ड क्लियरिङका अनुसार  अन्तिम दिनसम्ममा ११ लाख ९४ हजार ८२० जना आवेदकले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ६.५४गुणा बढी हो ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ।

बाँकी रहेको १५ लाख ८७ हजार ३७५ कित्तामा स्थानीयलाई बिक्री हुन बाँकी ४ लाख ८७ हजार ९१० कित्ता जोडेर २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
 यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।