काठमाण्डौ। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र इन्डिगो एयरको जहाज दिल्ली नै फर्काइएको छ। 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षाका कारण जहाजहरु अहिले अवतरण गर्न सकेका छैनन्। त्यही भएर ती जहाजलाई दिल्ली नै फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ। 

खराब मौसमका कारण अवतरण गर्न नसक्दा कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन्। 

अहिले आन्तरिक उडानका जहाजहरुसमेत अवतरण गर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ।