काठमाण्डौ । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। जुन भारत र बेलायतमा पहिलोपटक भेटिएको कोरोना नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको बताइएको छ।
भियतनामका अधिकारीहरुका अनुसार यो नयाँ भेरियन्ट हावाका माध्यमबाट तीव्रगतिमा फैलिन सक्छ। भियतनामका स्वास्थ्यमन्त्री गुयेन थान्ह लान्गले कोरोनाको यो नयाँ भेरियन्ट निकै खतरनाक रहेको बताएका छन्।
मन्त्री लान्गका अनुसार नयाँ बिरामीको जाँचका क्रममा यो भेरियन्ट पत्ता लागेको हो। उनले भने, ‘नयाँ भेरियन्ट पहिलेको तुलनामा निकै संक्रामक रहेको छ। यो हावाबाट तीव्रगतिमा फैलिरहेको छ।’
भारतमा गत वर्ष अक्टोबरमा कोरोना नयाँ भेरियन्ट देखिएको थियो। जुन बेलायतमा देखिएको कोरोना नयाँ भेरियन्टभन्दा निकै खतरनाक रहेको छ। अनुसन्धानअनुसार फाइजर र एस्ट्राजेनेका भ्याक्सिनको दुई डोज भारतमा देखिएको नयाँ भेरियन्टबाट बच्नका लागि प्रभावकारी रहेको देखिएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19