काठमाण्डौ । रुपन्देहीको भैरहवाको भीम अस्पतालमा उपचाररत ४ वर्षीया बालिकासहित २५ जना कोरोना भाइरस संक्रमित सोमबार बिहान निको भएर डिस्चार्ज भएका छन्।
रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए।
गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको यो समूह पहिलो थियो। उनीहरु सबैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ।
डिस्चार्ज भएपछि उनीहरु खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago