काठमाण्डौ । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ। 

यसैगरी घाइतेहरुको उद्धारकार्य लगभग सकिएकाले अब पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिनेछ। जसअनुसार भूकम्पपीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने निर्णय सरकारले गरेको छ।