काठमाण्डौ। जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री कोषमा १५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको  छ।

गत  कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि मंसिर १ गतेसम्ममा १५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार दैवी प्रकोप सहायता कोषमा उक्त अवधिसम्ममा १५ करोड २८ लाख २९ हजार रुपैयाँ जम्मा भएको हो ।

सरकारले भूकम्प पीडितका लागि एकद्वार प्रणाली मार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिनआह्वान गरेको थियो । कोषमा रकम जम्मा हुने क्रम हासम्म जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

जसमा सबैभन्दा बढी मिनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, बुद्ध एयरले १ करोड,ग्लोबल आईएमई बैंकले १ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, गोर्खा ब्रुअरीले १ करोड,सूर्य नेपाल प्रालिले १ करोड, क्यान सेन्ट्रल पेमेन्टले १ करोड जम्मा गरेका छन् । अन्य व्यक्ति तथा संस्थाको नामावली  यसप्रकार रहेको छ । 
हेर्नुहोस् सूची :