काठमाण्डौ । भैरवकुण्ड हाइड्रोपावरले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ८३ हजार २ सय ८० कित्ता आइपीओ निश्कासनको माग गर्दै कात्तिक ६ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २५ लाख ३३ हजार २ सय ८० कित्ता आइपीओ निश्कासनको माग गरेको छ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । 

भैरवकुण्डले सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा ३ मेगावाटको परियोजना सञ्चालन गरिरहेको छ । यस कम्पनीको चुक्ता पुँजी ६५ करोड रुपैयाँ छ । महाभूकम्पका कारण क्षतिग्रस्त यो आयोजना मर्मत सम्भारपछि पुनः संचालनमा आएको हो ।