काठमाण्डौ । भोडाफोनको च्यानल उपयोग गर्दै क्रमबद्ध रुपमा ओपो पहिले भोडाफोनका यूरोपियली बजारहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेदरल्याण्ड्समा प्रवेश गर्ने भएको छ । भोडाफोनको यूरोपियली बजारमा ओपोका ब्यापक उत्पादनको बजारी करणका लागि दूई कम्पनीबीच सहकार्यको सम्झौता भएको छ ।

ओपो र भोडाफोनले ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपियली बजारमा भित्राउन बिस्तृत सहकार्यको घोषणा गरेको जनाएको हो । यसको थालनी मे २०२०देखि हुने जानकारी दिइएको छ ।

नवप्रवर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओपोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियन भन्दा बढी रहेको दाबी छ । ओपो र भोडाफोन बिचको यो सहकार्यले उपभोक्तालाई अझ ब्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तरराष्ट्रिय बजारमा फाइभजी एडप्सनमा तेवा तथा थप तिब्रता प्रदान गर्ने निश्चित भएको बताइन्छ ।

यही मे महिनादेखि ओेपोका विभिन्न उत्पादनहरु भोडाफोन मार्फत जर्मनी, यूके, स्पेन, पोटूृगल, रोमानिया, टर्की र नेडरल्यान्ड्समा उपलब्ध गराउँदै लगिने छ । ओपो र भोडाफोन मार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरुका बारेमा थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ । 


सहकार्यको पहिलो चरणमा भोडाफोनले ओपोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्टूगाल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानल मार्फत उपलब्ध गराउने छ । यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओपोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दूबै कम्पनीले संयुक्तरुपमा सटिक पहलहरु गर्नेछन् ।