काठमाण्डौ । अब आम उपभोक्ताले खाना पकाउने ग्यासको सिलिन्डर लिँदा २ हजार १०० रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।
नयाँ धरौटी मूल्यका यो निर्णय भोलि (असोज २ गते) देखि लागू हुने नेपाल एलपी ग्यास उद्योग संघ बागमती प्रदेश समितिले सूचना निकाली जानकारी गराएको हो।
खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिन्डर ग्यास उद्योगहरुले खरिद गरेको मूल्यभन्दा अत्यन्त कम धरौटी मूल्यमा कारोबार हुँदै आएकोले सिलिन्डरको धरौटी रकममा एक रुपता ल्याउन नयाँ धरौटी मूल्य तोकिएको समितिले प्रस्ट पारेको छ। समितिले अब भोलि शुक्रबारदेखि बागमती प्रदेशअन्तर्गतका ग्यास उद्योगहरुको उपभोक्ताहरुका लागि धरौटी मूल्य प्रतिसिलिन्डर २ हजार १०० रुपैयाँ कायम गरिएको जनाएको छ।
समितिले उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन पनि अग्रह गरेको छ। रसिद नलिइएका सिलिन्डरहरुको जबफादेही तथा दायित्व उद्योगले नलिने पनि समितिले स्पष्ट पारेको छ।
बिक्रेताहरुको हकमा ह्यान्डलिङ खर्चबापत प्रतिसिलिन्डर १०० रुपैयाँ करकट्टा गरी बिक्रेताहरुलाई उपलब्ध गराइने समितिले जानकारी दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19