काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयन ल्याउने भएको छ।

प्राधिकरणले एक सुचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो। भन्सार विभागको गत वैशाख २९ गतेको प्रकाशित सूचना ‘यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोनसम्बन्धी’अनुसार  नेपालमा प्रयोग हुने मोबाइल सेटलाई अनिवार्य दर्ता गरी व्यवस्थित गर्न भोलि जेठ १ सोमबारबाट एमडीएमएस प्रणाली लागू गरिने जानकारी गइएको छ। अब विदेशबाट आउँदा एक यात्रीले २ वटा मोबाइलसम्म ल्याउन पाइने व्यवस्था गरेको छ।  

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो। 

दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंले एमडीएमएसमा दर्ता गर्न सक्ने जानकारी दिएको छ यसका साथै व्यक्तिगत प्रायोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ। 

खरिद गरिएको नयाँ मोबाइल फोन दर्ता भए नभएको यकिन गर्न mdms.nta.gov.np मा हेर्न सकिनेछ।