 
                     
                                
                             
                                    काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
यो कम्पनीको धितोपत्र आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनी धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। सोहीअनुसार यो कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएको हो।
जेएलआई संकेतबाट कारोबार हुने यो कम्पनीको १ करोड ५४ लाख कित्ता संस्थापक सेयरसहित कुल २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। यो कम्पनीको सुरुवाती कारोबारका लागि नेप्सेले रु. १२०.२९ देखि रु. ३६०.८७ सम्मको रेञ्ज तोकेको छ।
भोलि स्पेसल प्रिसेसन (बिहान १०ः३०–१०ः४५ बजे) मा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको ओपनिङ रेन्जभित्र किनबेच भएमा नियमित (बिहान ११ बजेदेखि दिउँसो ३ बजे) मा कारोबार खुल्नेछ।
यो कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ।
ज्योति लाइफको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकबाट ३ करोड ८४ लाख ८६ हजार २० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये १७ लाख ९७ हजार ८३५ आवेदकबाट माग भएको ३ करोड ५८ लाख ९९ हजार ३६० कित्तामात्र सदर भएको थियो। कुल आवेदनमध्ये ४१ हजार ७०३ आवेदकबाट माग भएको २५ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो। त्यस्तै शंकास्पद ३१ हजार ५०५ आवेदकबाट परेको ६ लाख ४१ हजार ४७० कित्ता तथा अयोग्य २ हजार ९४२ आवेदक परेको ५८ हजार १० कित्ता पनि बदर भएको थियो।
यो आईपीओमा गोलाप्रथाबाट ५ लाख ९४ हजार आवेदकले १० कित्ताका दरले ५९ लाख ४० हजार कित्ता सेयर पाएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19