काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि शुक्रबार (वैशाख १७ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये कम्पनीले २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेका छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रकसन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेका छन् । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ।
कम्पनीले सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आ आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) १३.०५ रुपैयाँ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १०.५४ प्रतिशत र २०७६/७७ मा ७.३७ प्रतिशत नगद लाभांश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्नेसमेत प्रक्षेपण गरेको छ।
आईपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ। हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ। आईपीओ बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
यो आईपीओमा लगानीकर्ताले सि—आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा वैशाख २१ गते हुनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19