काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा भोलि बुधबारदेखि कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज यो कम्पनीको सेयर सूचीकृत भएसँगै भोलिबाट कारोबारमा आउने भएको छ। किनकि कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ।
नेप्सेले सुरुआती कारोबारका लागि यो कम्पनीलाई १३८.७९ रुपैयाँदेखि ४१६.३७ रुपैयाँको रेन्ज तोकेको छ भने ‘सीएचडीसी’ कारोबार संकेत प्रदान गरेको छ। यदि भोलि यो कम्पनीको सेयर स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।
यो कम्पनीको आईपीओ गत वैशाख १७ गतेदेखि २१ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले कुल १०० रुपैयाँ अंकित दरका कुल २५ लाख २८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको थियो।
आईपीओ बाँडफाँड गत वैशाख ३० गते गरिएको थियो।
नेप्सेमा यो कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५८ लाख ७५ हजार ८७० कित्ता र सर्वसाधारण समूहको २५ लाख १८ हजार २३० कित्ता रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19