काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको रु. १९.७७ करोडबराबरको आईपीओ भोलि (असार ११ गते) बाट निष्कासन हुँदैछ। 

संस्थाले जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबर अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। 

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाटी स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ। 

जीवन विकास लघुवित्तका आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

मोरङको कटारी गाउँपालिका वडा नं। २ मा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आईपीओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्कासन अनुमति दिएको थियो। 

आईपीओ निष्कासनका लागि यो लघुवित्तलाई इक्रा नेपालले ९इक्राएनपी–आईआर० बीबीबी रेटिङ प्रदान गरेको छ। यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ। 

कस्तो छ वित्तीय प्रक्षेपण ?

यो संस्था आर्थिक वर्ष २०७०/८० सम्म खुद नाफा ९३ करोड ४० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। चालु आर्थिक वर्ष २०७७/७८ मा भने नाफा ५३ करोड २ लाख रुपैयाँ बढी हुने अनुमान गरेको छ।

सञ्चालन मुनाफा पनि २०७९/८० सम्म १ अर्ब ४६ करोड र खुद ब्याज आम्दानी १ अर्ब ९३ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। जब कि चालु आर्थिक वर्षका यस्तो मुनाफा र आम्दानी क्रमशः ८२ करोड २९ लाख रुपैयाँ र १ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। 

सेयरपुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको जगेडाको आकार २०७९/८० सम्म २ अर्ब ८५ करोड रुपैयाँ बढीको हुने प्रक्षेपण गरिएको छ। चालु आवमा भने जगेडामा १ अर्ब २१ करोड हुने अनुमान गरिएको छ। 

यस्तो छ प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी, नेटवर्थमा प्रतिफल र सञ्चित मुनाफा/नोक्सानको वास्तविक र प्रक्षेपित अवस्था–