काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले भोलि माघ ११ गतेबाट सेरधनीहरुलाई हकप्रद निष्कासन गर्दैछ। 

कम्पनीले १०ः३ अर्थात चुक्तापुँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता सेयर निष्कासन गरिनेछ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत पुस २१ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो हकप्रदमा आवेदन दिन योग्य भएका छन्। 

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डको इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद फागुन २ गते बैंकिङ समयसम्म तोकिएको छ। 

हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको यो हकप्रदलाई धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो। 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ।