काठमाण्डौ । लक्ष्मी उन्नति कोषका इकाइहरु भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार यो म्युचुअल फन्डका रु. १० अंकित दरका ६ करोड ५२ लाख ६२ हजार ३६० इकाइहरु सूचीकृत भएसँगै सोमबारबाट कारोबारमा आउने भएका हुन्। नेप्से र लक्ष्मी उन्नति कोषबीच आजै इकाइ सूचीकरण सम्झौता भएको थियो।
यो बन्दमुखी म्युचुअल फन्डको योजना व्यवस्थापन लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ।
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मीउन्नति कोषका इकाइहरु गत साउनमा बिक्री गरिएको थियो।
लक्ष्मी उन्नति कोषको प्रतिइकाइ १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19