काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भोलि बुधबार हुने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ।
जीवन विकास लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।
यो आईपीओमा असार १५ गते साँझ ५ बजेसम्म २० लाख ५९ हजार ३५८ आवेदकबाट ३ करोड ९ लाख १० हजार ५३० कित्ता माग भएको छ। यस हिसाबले यो आईपीओले यसअघिका आईपीओमा परेको आवेदनको रेकर्ड ब्रेक गरेको छ। यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो।
यो आईपीओमा मागभन्दा १६.७२ गुणा बढी आवेदन परेको छ। यस हिसाबले यो आईपीओमा गोलाप्रथाबाट १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने यिनैमध्ये भाग्य ५ जनाले थप १÷१ कित्ता सेयर पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago