काठमाण्डौ । भोलि असोज १ गते नारीहरुको महान पर्व हरितालिका तीज परेको छ। यो दिन विश्वकर्मा पूजा पनि परेको छ। 

प्रायः सरकारी तथा निजी कार्यालयमा तीजका दिन महिला कर्मचारीहरुलाई छुट्टी दिइन्छ। यो दिन सरकारी तथा निजी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु भने खुला नै रहने गरेका छन् । 

सरकारले तीजका अवसरमा सार्वजनिक बिदा दिने गरेको छैन। 

सोही कारण भोलि सेयर बजार खुल्नेछ। धेरैलाई तीजमा महिला कर्मचारीहरुलाई बिदा दिइने भएकोले सेयर बजारमा पनि हुन सक्ने जिज्ञासा हुनसक्छ। 

अझै पछिल्लो समय सेयर बजारमा महिला लगानीकर्ताको उपस्थिति बाक्लिँदै गएकोले पनि यस्तो जिज्ञासा आएको हुन सक्छ। तर सार्वजनिक बिदा नदिइएकोले भोलि सेयर बजार खुला नै रहनेछ। 

आज सेयर बजारमा भारी गिरावट आएको छ। केही बैंकहरुले ब्याजदर बढाएको खबरले आज बजार प्रभावित बन्न पुग्यो। बजार ४२ अंक बढीले बन्द भएको छ।