काठमाण्डौ । काठमाण्डौ जिल्लाका आधा दर्जनभन्दा बढी स्थानमा भोलि शनिबार ५ घन्टा लोडसेडिङ हुने भएको छ।

बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने आधा दर्जभन्दा बढी स्थानमा भोलि लोडसेडिङ हुने भएको हो। यो वितरण केन्द्रअन्तर्गत ढुंगेधारा, बनस्थली, अन्नपूर्ण चोक, फूलबारी गेट, नागार्जुन, लोलाङ, जितपुर एसियालगायत स्थानमा बत्ती निभ्ने नेपाल विद्युत् प्राधिकरणद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ। 

ती स्थानमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म लोडसेडिङ हुनेछ। 

यो वितरण केन्द्रअन्तर्गत पर्ने ढुंगेधारा र गोलढुंगा फिडरमा रिङरोड विस्तार कार्यक्रमअन्तर्गत एचटी लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। 

विद्युत् आपूर्ति बन्द गर्दा सेवाग्राहमा उक्त समयमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा याचना गरेको छ। साथै यदि काम छिटै सम्पन्न भएमा निर्धारित समयअगावै विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ।