काठमाण्डौ । भ्याट प्रकरणको अन्यौल अन्त हुन नसक्दा बजारमा पहिरो जाने क्रम जारी रहेको छ । मंगलबारदेखि दोहोरो अंकले घटेको बजारमा मंगलबार समेत दोहोरो अंककै गिरावट आएको छ । घट्दो बजारलाई कारोबार रकमले भने साथ छाडेको छैन । त्यसकारण, अत्तालिनुपर्ने अवस्था छैन । 

बजारको गिरावट यात्रा निरन्तर रहँदा बजार परिसूचक धेरै दिनपछि १४०० को स्तरमा झरेको छ । लामो समयसम्म १५०० को स्तरमा रहेको बजार १४०० को स्तरमा झरेपछि लगानीकर्ता अत्तालिएका छन् । विश्लेषक तथा बजार विज्ञहरुले भने भ्याट प्रकरणको अन्यौल कायमै रहेको र नयाँ सरकार गठनपछिको अवस्था हेरेर अधिकांश लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बस्दा बजार घटिरहेको दाबी गरिरहेका छन् । यस्तै, कतिपय लगानीकर्ता दोश्रो त्रैमासको बित्तीय विवरणको प्रतिक्षामा बसेका देखिएको छ । यी तीन कारणले बजारमा गिरावटको यात्रा जारी रहेको देखिएको हो । 

मंगलबार नेप्से परिसूचक १४.८२ अंकले घटेर १४९३.४३ अंकमा झरेको छ । यो दिन बजारमा सबै समूहको सूचकमा पहिरो गएको छ । 

यो दिन वाणिज्य बैंक समूह ७.३६ अंकले घटेको छ । यस्तै, बिमा समूह ६० अंक, विकास बैंक ७.९ अंक, माइक्रोफाइनान्स समूह १९.८६ अंक, जलविद्युत समूह २२.४४ अंकले घटे । होटल समूह ३२.९ अंक, व्यापारिक समूह ०.९३ अंक, बित्त समूह ४.२७, उत्पादनमूलक १७.१९, अन्य समूह ३६.४४ अंकले घटेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले घट्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७७ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १४ लाख ५ हजार ९ सय ७१ कित्ताको ५९ करोड ९३ लाख ७६ हजार ३ सय २२ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी नेपाल टेलिकमले ७ करोड ९४ लाख बढीको कारोबार गर्यो । प्राइम कमर्सियल बैंकले ६ करोड बढीको कारोबार गरेको बजारमा नेपाल ग्रामीण विकास बैंक लिमीटेडको ४ करोड ९१ लाख बढीको संस्थापक सेयर किनबेच भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड १० लाख, एभरेष्ट बैंकले २ करोड बढीको कारोबार गर्यो । ओम डेभलपमेन्ट बैंकको १ करोड ८० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल ग्रामीण विकास बैंकको १ करोड ६३ लाख बढीको साधारण सेयरको कारोबार भयो । यस्तै, बोटलर्स नेपाल तराई लिमीटेडले १ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले १ करोड ३० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अरुण फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । समता माइक्रोफाइनान्सले ५ प्रतिशतको हाराहारीमा कमायो । 

यो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड र हिमालयन डिस्टीलरी लिमीटेडले सबैभन्दा धेरै गुमाए । यी दुुई कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आयो ।