काठमाण्डौ । भ्रम फैलाएको भन्दै फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्ट डिलिट गरिदिएको छ।
कोरोनाभाइरसम्बन्धी ट्रम्पको उक्त पोस्ट फेसबुकले पहिलोपटक डिलिट गरेको हो। राष्ट्रपति ट्रम्पको पोस्टमा गलत सूचना प्रवाह गरिएका कारण यो नियमितविपरीत रहेकोले डिलिट गरिएको फेसबुकले जनाएको छ।
ट्रम्पले फेसबुकमा फोक्स न्युजलाई दिएको अन्तर्वार्ताको एउटा भिडियो क्लिप पोस्ट गरेका थिए। यो भिडियोमा ट्रम्पले बालबालिकाहरु कोरोनाबाट लगभग सुरक्षित रहेको दाबी गरेका थिए।
फेसबुकका प्रवक्ताले राष्ट्रपछि ट्रम्पको यो भिडियामा कोरोनासम्बन्धी गलत दाबी गरिएका कारण यसले कम्पनीको नीति उल्लंघन भएको हुँदा डिलिट गरिएको बताएका छन्। ‘कोरोनाभाइरस संक्रमणसम्बन्धी गलत सूचना हामी फैलिन दिँदैनौँ’, उनले भनेका छन्।
यस विषयमा ह्वाइट हाउसको हालसम्म कुनै प्रतिक्रिया आएको छैन। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19