काठमाण्डौ । मंसिर १ गतेदेखि बिजुली सस्तो पाइने भएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रम मंसिरदेखि सस्तोमा बिजुली उपलब्ध गराइने जानकारी गराएकी हुन्। ‘मंसिर १ देखि सस्तो दरमा बिजुली दिँदैछौँ’, उनले भनिन्, ‘यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ।’
भुसालले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरुमा बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकतासहित काम गरेको बताइन्। भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारीसाधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरुलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवर्द्धन गर्ने काम गरिरहेको उनले बताइन्।
मन्त्री भुसालका अनुसार सरकारले साझा यातायातमार्पmत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको छ।
विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र सार्वजनिक गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिइन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago