ipo
काठमाण्डौ । रादी विद्युत कम्पनीले सर्वसाधारणका लागि ७ करोड ६४ लाख मूल्यको आइपीओ मंसिर पहिलो साताभित्र निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता सेयरको प्राथमिक निश्कासन गर्न लागेको हो ।
यो कम्पनीले बैशाख ५ देखि जेठ ३ गतेसम्म लमजुुङका आयोजना प्रभावित बासिन्दाका लागि ४ लाख १० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई सर्वसाधारणमा आइपीओ निश्कासनका लागि कात्तिक ७ गते नै स्वीकृति दिइसकेको छ । बोर्डबाट स्वीकृति पाए पनि कम्पनी रजिष्टार कार्यालयबाट स्वीकृति आउन ढिलाई हुँदा कात्तिकभित्रै आइपीओ निश्कासनको काम संभव नभएको हो ।
रादी विद्युत कम्पनीका एक अधिकारीका अनुसार केही दिनभित्रै कम्पनी रजिष्टार कार्यालयबाट समेत स्वीकृति आउनेछ र ढिलोमा मंसिर पहिलो साताभित्र आइपीओ निश्कासन हुनेछ ।
आइपीओका लागि आह्वानपत्र चाहि कात्तिकको चौथो साताको सुरुवातमै प्रकाशन हुनसक्ने संभावना अधिक छ ।
रादीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले गर्नेछ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘ग्रेड थ्री’को रेटिङ दिएको छ। यसको अर्थ कम्पनीको अवस्था सन्तोषजनक छ भन्ने हो ।
रादी विद्युत कम्पनीले लमजुङमा ४.४० मेगावाट क्षमताको रादी साना जलविद्युत आयोजना संचालन गरिरहेको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड ७५ लाख रुपैयाँ छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आइपीओ जारी गरिसकेपछि कम्पनीको चुक्तापूँजी बढेर ४१ करोड पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago