काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन २४ गते डोकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको मुख्य कार्यालय डब्ल्यूटीसीमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको साधारण सेयर निष्कासन (आईपीओ) को मुख्य अजेन्डा अनुमोदन गर्नेछ। यससँग अन्य विभिन्न प्रस्तावहरु पनि सभाले अनुमोदन गर्नेछ।
गत वर्ष चैत ९ गते सुरीखोला हाइड्रोपावर र मकर जितुमाया हाइड्रोपावरको छुट्टाछुट्टै सम्पन्न विशेष साधारणसभाले आपसमा मर्जरसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरेको थियो। विद्युत नियमन निकायले गत असार २३ गते दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम सहमति दिएको थियो।
आपसमा गाभिएपछि भदौ १ गतेबाट दुवै कम्पनीको एकीकृत कारोबार मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको नामबाट हुने भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19