काठमाण्डौ । वर्ल्ड डाइबिटिज डे (विश्व मधुमेह दिवस)का अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ।
विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनीकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका सम्भावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो।
मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ।
विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ। सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६ हजार तिरे पुग्छ। यो शुल्कमा रेन्डम ब्लडसुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, युरिक एसीड, सीआरपी, इएसआर, र सीबीसीजस्ता परीक्षणहरु हुनेछन्। सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ। मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो।
नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवासमेत सञ्चालन गर्नेछ। कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ।
यसैगरी नर्भिक अस्पतालले विश्व मधुमेह दिवसका अवसर पारेर हाईब्लड सुगरको सम्भावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ। एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो। यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणासमेत गरेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago