Commission for the Investigation of Abuse of Authority (CIAA)
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख दीप वस्नेतको अगुवाईमा एमाले र माओवादी नेताहरुको संलग्नतामा भएका ठूला भ्रष्टाचार काण्डको फाइल झिकिएको छ ।
अख्तियार स्रोतका अनुसार वस्नेतले एमाले र माओवादीका शीर्ष नेतासहितको संलग्नतामा मनमोहन कलेज र लडाकू शिविर भ्रष्टाचार प्रकरणमा भएको अरबौंको भ्रष्टाचार काण्डको फाइल अगाडि बढाउने सबै तयारी पूरा गरेका हुन् ।
माओवादीका शीर्ष नेताहरुको संलग्नतामा सयौैं नक्कली लडाकू खडा गरी राज्यकोषमा अरबौं रुपैयाँ भ्रष्टाचार गरिएको प्रकरण हालसम्म पनि गुपचुप राखिदै आएको छ । माओवादी अध्यक्ष प्रचण्ड, नेता कृष्णबहादुर महरा लगायतको संलग्नतामा भएको अरबौंको भ्रष्टाचार प्रकरणको फाइल यसअघि अख्तियारले खोल्न खोज्दा तत्कालीन सत्ता समीकरण नै परिवर्तन भएको थियो । लडाकू भ्रष्टाचार प्रकरणमा जेल परिने भएपछि माओवादी नेता कृष्णबहादुर महरा रातारात दिल्ली गएर ‘भारतले जे भने पनि मान्ने’ भन्दै नेपाल फर्किएका थिए र त्यही बेला ओली नेतृत्वको सरकार ढाल्ने डिजाइन बनेको थियो । सो बेला भारतीय इशारामै माओवादी र कांग्रेस गठबन्धनको सरकार बन्ने भएपछि अख्तियारले समेत भ्रष्टाचार आरोपमा महरा लगायतका नेताविरुद्ध सुरु गर्न लागेको कारबाही रोकेको थियो ।
यसैगरी, मनमोहन मेडिकल कलेजको आवरणमा एमालेका केही नेताहरुले राज्यकोषमा गरेको ब्रम्हलुट सम्बन्धी फाइल समेत अगाडि बढाउने अख्तियारको तयारी छ । मनमोहन कलेजको नाममा भएको भ्रष्टाचार प्रकरणमा करिब ३ दर्जन एमाले नेताहरु मुछिने स्रोतले जनाएको छ ।
अख्तियारका एक अधिकारीका अनुसार लोकमानसिंह कार्कीले यी लगायतका ठूला भ्रष्टाचार काण्डमा नेताहरुको संलग्नता सम्बन्धी फाइल अगाडि बढाउन खोजेका थिए । अख्तियारको सम्पूर्ण टिमकै सहमतिमा यी दुई ठूला प्रकरण सम्बन्धी फाइल अगाडि बढाउन खोजिए पनि कार्की एकाएक निलम्बनमा परेपछि सुरु गरिएको प्रक्रियालाई टुंगोमा पुर्याउन खोजिएको अख्तियारका ती अधिकारीले जानकारी दिए ।
‘अब एकदुई दिनमै खोलिएका फाइलसम्बन्धी मुद्धा विशेष अदालतमा दायर हुनेछ ।’ ती अधिकारीले भने–‘लोकमान रहून् या नरहुन्, तर राजनीतिक आवरणमा अरबौंको ब्रम्हलुट गर्नेहरुलाई छाडिन्न । भोलिका दिनमा अख्तियारको नेतृत्व गर्नेहरुको मनोबल उच्च राख्न समेत राजनीतिक आवरणमा भएका भ्रष्टाचार प्रकरणलाई टुंगोमा पुर्याइन आवश्यक छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago