काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीकै कारणले सेयर बजार घटबढ नहुने स्पष्ट पारेका छन्।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले तयार पारेको छानबिन प्रतिवेदन मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रम बुझ्दै अर्थमन्त्री शर्माले यस्तो स्पष्टोक्ति दिएका हुन्। ‘सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय हो’, उनले भने, ‘त्यसैले मन्त्रीकै कारणले सेयर बजार घटबढ हुँदैन।’
मन्त्री शर्माले समितिले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने पनि बताए। अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने उनको धारणा थियो।
कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री शर्मासमक्ष बुझाका थिए। धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुनेगरी पदीय आचरणविपरीत कामकारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेस गरेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19