काठमाण्डौ । सरकारले मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीलाई अतिआवश्यकबाहेक विदेश भ्रमणमा रोक लगाएको छ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले अतिआवश्यक अवस्थामाबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेश भ्रमण गर्न नपाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण भने स्वीकृत गरेको छ।
यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय सरकारले गरेको छ।
उता यती एयरलाइन्सको एटीआर ७२ नाइनएन–एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय बैठकले गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago