काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ६४ हजार १११ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। यो आईपीओ कम्पनीको जारी पुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ ३० प्रतिशतबराबरको हुन आउँछ।
यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा आज मन्दाकिनी हाइड्रोपावर र बीओके क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरका तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेशबहादुर बस्नेत र बीओके क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन्।
यसैगरी मन्दाकिनी हाइड्रोपावरको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यसमेत बीओके क्यापिटल नै गर्ने भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago