काठमाण्डौ। बैंक तथा बीमा कम्पनीहरुले शुक्रबार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर वापत तिरेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार ती कम्पनीहरुले यो दिन ११ अर्ब रुपैयाँभन्दा बढी कर उठेको छ ।उनीहरुले मर्जर तथा एफपीओमा लगाइएको कर तिरेका हुन् ।

कार्यालय स्रोतका अनुसार करिब ३० वटा करदाताले राजस्ववापत कर बुझाएका छन्।  कुन कम्पनीले कति बुझाए भन्नेबारे अझै आउन बाँकी रहेको उक्त कार्यालयले जानकारी दिएको  छ ।

 

ती कम्पनीलाई कर तिर्ने प्रयोजनका लागि  शनिबार पनि कर कार्यालय खुला गरिने भएको छ।कर मंसिर महिनाभित्र नतिरे त्यसमा जरिवाना र ब्याज लाग्छ। सर्वोच्च अदालतबाट मर्जर तथा एफपीओ सम्बन्धित मुद्दा हारेका बैंक तथा वित्तीय संस्थाले कर तिर्न थालेका हुन्।

आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमाहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलाशले खारेज गरेको थियो ।
बैंक तथा बीम कम्पनीले प्रिमियमबापतको रकमलाई आय मानेर ३० प्रतिशत र अन्य संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ।