काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गत फागुन २९ गते निवेदन दिँदै हकप्रद सेयर जारी गर्ने अनुमति मागेको हो। 

सेबोनले अनुमति दिएमा यो कम्पनीले १ः०.३५ अर्थात चुक्तापुँजीको ३५ प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। 

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।