 
                     
                                
                             
                                    काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्सलाई आज असार २६ गते हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो। धितोपत्र बोर्डले यो फाइनान्सलाई चुक्तापुँजीको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै मल्टीपर्पस फाइनान्सले कुल १५ करोड ८२ लाख रुपैयाँबराबरको हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।
मल्टीपर्पस फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19