काठमाण्डौ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिभन्दा नौ महिनाको अवधि अर्थात चैतमा महङ्गी बढेको देखिएको छ ।
चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत रहेको देखिएको हो । फागुनमा यस्तो मुद्रास्फिति दर ४.२ प्रतिशतमा सीमित थियो।
अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो ।
चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो। फागुनमा भने २.२ प्रतिशत मात्र रहेको थियो ।
समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो । फागुनमा पनि ५.८ प्रतिशत नै थियो ।
चैत महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७.० प्रतिशत, ६.० प्रतिशत, ४.३ प्रतिशत र ५.७ प्रतिशत रहेको थियो ।
आठ महिना(फागुन)मा भने हिमालमा ५.५ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.६ प्रतिशत र तराईमा ३.६ प्रतिशत रहेको थियो । यसरी हेर्दा फागुन भन्दा क्षेत्रगत मुद्रास्फिति पनि चैतमा सबै क्षेत्रमा बढेको देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago