काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले विज्ञापन करमा समेत कडाई गरेको छ । जथाभावी विज्ञापन राख्ने परिपार्टीले शहरलाई कुरुप बनाएको भन्दै महानगरको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७४ मा केही नयाँ व्यवस्थाहरु गरिएको हो ।
महानगरले निर्धारण गरेको विज्ञापन कर यसप्रकार छः
विज्ञापन करको दर चाहि यसप्रकार छ :
१)फ्लेक्सबाट तयार गरिएको विज्ञापन प्रचार सामाग्रिको प्रति वर्ष प्रति वर्ग फुट रु सात सय,
२) नियोन, ग्लो साइन र यस्तै विज्ञापन प्रचार सामाग्रिको प्रति वर्ष प्रति वर्ग फुट रु एक हजार,
३) डिजीटल बोर्डमा गरिने विज्ञापन प्रचार सामाग्रिको प्रति वर्ष प्रति वर्ग फुट रु एक हजार
४)माल बाहक सवारी साधनको दाया बाया पट्टीको भागमा अधिकतम दश स्क्वायर फुट सम्मको लागि प्रति दिन रु दूई सय र स्थायी रुपमा लेखिएको वा छापिएको प्रचार सामाग्रिका लागि प्रति वर्ष प्रति वर्ग फुट रु एक सय,
५) खेलकुद मैदान , मेला , जात्रा, पर्व र यस्तै प्रकृतिका कार्यक्रममा हुने विज्ञापन प्रचार सामाग्रिको अधिकतम पन्ध्र दिन र बीस स्क्वायर फुटका लागि प्रति दिन रु पाँच सय र
६) सवारी साधनको छत (अधिकतम तीन फुट उचाई सम्म मात्र), दुई पाङ्ग्रा बीचको भाग, पछाडीको सीसा ( सीसाको जम्मा भाग मध्येको अधिकतम पचास प्रतिशत सम्म मात्र ) मुख्य झ्यालको माथि पट्टीको भेन्टीलेशन मा विज्ञापन प्रचार सामाग्रीको प्रति स्क्वायर फुट रु दुई सय ।
७) अन्यकोहकमा प्रति वर्ग फिट प्रति बर्ष रु पाच सय ।
८) आकाशमा बेलुन, ज्याकेटमा वा ब लुन बोकेर गरिने विज्ञापन (प्रति दिन) रु. दुई सय
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19