काठमाण्डौ । कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने निर्णय भएको छ।
उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तापुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। शान्तिसुरक्षालगायत अत्यावश्यक सेवाबाहेकका अन्य सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
दाहालले अन्य सरकारी कार्यालयहरुका हकमा भने त्यहाँका प्रमुखहरुले नै निर्णय लिने बैठकले तय गरेको छ। अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक अन्य भीडभाड हुने कार्यालयहरुमा पनि यही मापदण्ड लागू गर्ने सहमति भएको प्रजिअ दाहालले बताए।
दाहालका अनुसार तत्काल काठमाण्डौमा लकडाउन भने हुने छैन। तर स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना भए नभएको विषयमा कडा अनुगमन हुनेछ। त्यस्ता मापदण्डहरुको पालना नगरी सञ्चालनमा आएका व्यापार–व्यवसायलाई तत्काल बन्द गर्न सकिनेछ। यो अवधिमा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले संक्रमण बढी भएका क्षेत्रहरुलाई भने पूर्ण रुपमा सिल गर्नेछन्।
काठमाण्डौमा तत्कालै टेकु, महाबौद्ध क्षेत्र सिल गरिने प्रजिअ दाहालले जानकारी दिए।
तीनवटै जिल्ला सीडीओहरु उपत्यका भित्रिने नाकामा अझे कडाइ गर्ने सहमतिमा पुगेका छन् भने मास्क नलगाई हिँडडुल गर्नेहरुप्रति कडा रुपमा प्रस्तुत हुनेसमेत निर्णय भएको छ। यसैगरी सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई पनि कडाइका साथ पालना गराउनेमा पनि सीडीओहरु एकमत भएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago