काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २१ वटा समिति गठन गरेको छ।
प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा सञ्चालनसम्बन्धी नियमावली २०७३ को दफा २२(ट) मा भएको व्यवस्थाअनुसार समितिहरु गठन गरिएको महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए। सल्लाहकारमा अविनाश बोहरालाई मनोनयन गरिएको उनले जानकारी दिए।
यस्ता छन् समितिहरु
१. कृषि उद्यम केन्द्र प्रदेश समितिः सभापति टीकाराज ढकाल
२. सदस्यता वितरण समितिः सभापति कुमारमणि पोखरेल
३. उद्योग वाणिज्य परिषदः सभापति भीम वहादुर पौडेल
४. बैंक, वित्तीय, बीमा तथा पुँजीबजार समितिः सभापति सुवास आचार्य
५. स्वास्थ्य तथा शिप विकास समितिदः सभापति राजन श्रेष्ठ
६. रोजगारदाता समितिदः सभापति श्रवणकुमार अग्रवाल
७. शिक्षा तथा सूचना समिति: सभापति रविन दाहाल
८. स्थानीय आर्थिक विकास समिति: सभापति वीरेन्द्रकुमार साह
९. नीजि तथा साझेदारी समन्वय समिति: सभापति प्रितम खड्गी
१०. कर तथा राजश्व समिति: सभापति देवकीनन्दन अग्रवाल
११. पर्यटन तथा हवाई यातायात समिति: सभापति भविष श्रेष्ठ
१२. वस्तुगत समन्वय समिति: सभापति दिपक पाण्डे
१३. महिला उद्यमी विकास समिति: सभापति सरु के.सी.
१४. शहरी विकास समिति: सभापति ऋषिराज तिम्सिना
१५. सामाजिक विकास समिति: सभापति प्रकाश शिवाकोटी
१६. मानव संशाधन समिति : सभापति विनोद बस्नेत
१७. घरेलु तथा साना उद्योग समिति: सभापति विजय श्रेष्ठ
१८. व्यापार मेला समिति: सभापति मनोज विक्रम शाह
१९. स्थल यातायात तथा पारवहन समिति: सभापति मेघराज सिग्देल
२०. भंसार समन्वय समिति: सभापति प्रविण जोशी
२१. स्टार्टअप एन्ड इनोभेसन समिति: सभापति यूनेश श्रेष्ठ