काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिका प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई भेट गरेको छ।
पछिल्लो देशमा विदेशी मुद्रा भित्र्याउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको होटेल व्यवसाय समस्या नै समस्याले जकडिएको र राज्यको प्राथमिकतामा नपरेको भन्दै उद्योग सचिवलाई भेटी ध्यानाकर्षण गराएको हो। महासंघका उपाध्यक्ष हेमराज ढकाल र उक्त समितिका सभापति देशबन्धु बस्नेत (अजित)को नेतृत्वमा गएको समितिको टोलीले होटेल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न माग गरेको छ।
समितिले उद्योग सचिव निरौलालाई ज्ञापनपत्र बुझाउँदै होटेल क्षेत्रमा निजी क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कुल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योगसरह मान्यता दिन माग गरेको छ।
समितिले उद्योग सचिवसँग राखेको माग
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19