काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध, अवसर र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिकी सभापति सरु केसीको अध्यक्षतामा सम्भएको कार्यक्रममा कोशी प्रदेशको पाँचवटा स्थानीय तह विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा र कटहरी गाउँपालिका करीब २५ महिला उद्यमीसहित ३५ जनाको सहभागिता थियो। कार्यक्रममा सहभागी महिला उद्यमीहरुले उद्यमशीलताका लागि सुचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकाससम्बन्धी कार्यक्रमहरु पहँच आधारित हुने र वास्तविक उद्यमीहरु उक्त अवसरबाट वञ्चित भएको, बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा प्रभाव न्यायोचित नभएको सबै उद्योग प्रतिष्ठानलाई एकै नजरले हेर्ने गरिएकाले पनि लघु तथा घरेलु उद्यमीहरु मर्कामा परेको बताएका थिए।
कार्यक्रममा सहभागीहरुले व्यावसायिक प्रवर्द्धनका लागि स्थापना भएका संघसंस्थामा वास्तविक महिला उद्यमीहरुको प्रतिनिधित्व नभएका कारण महिला उद्यमीको आवाज अहिलेसम्म बुलन्द हुन नसकेको कुरा बताएका थिए।
कार्यक्रममा कम्युनिटी इन्गेजमेन्ट्स एन्ड आउटरिचका डेपुटी टिम लिडर अनिरुद्र न्यौपानेले महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौतीका बारे प्रस्तुति दिएका थिए।
कार्यक्रमकी सभाध्यक्ष सरु केसीले सोच, सुचना, सम्पर्क, समन्वय र सहकार्यबाट मात्र उद्यमशीलताको विकास हुने उल्लेख गर्दै महिला उद्यमीहरुलाई व्यवसाय प्रवर्द्धनका लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सदैव तयार रहेको बताइन्।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र स्थानीय तहका उद्यम विकास शाखाका प्रतिनिधिहरुले प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका उद्यम विकाससम्बन्धी कार्यक्रम र सेवा प्रभावसम्बन्धी जानकारी गराएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago