काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँडको काम सम्पन्न भएको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको सनराइज क्यापिटल लिमीटेड(साबिकको एनसिएम मर्चेन्ट बैकिङ)ले महुलीको आइपीओको बाँडफाँड शनिवार सकेको हो । 

यो कम्पनीको आइपीओको बाँडफाँड सबैलाई चिठ्ठामार्फत नै गरियो । यहीकारण ८० हजार ५ सय ८६ आवेदकमध्ये १० हजार ९ सय २० लाई मात्र सेयर पर्यो, बाँकी आवेदकलाई शून्य हात लाग्यो । 

जस जसले चिठ्ठाबाट बाजी मारे, उनीहरु प्रत्येकले १० कित्ताको दरले महुलीको सेयर प्राप्त गरे । 

सर्वसाधारण लगानीकर्ता बाहेक महुलीको ६ हजार कित्ता आइपीओ म्युुचुुअल फण्डका लागि र महुलीका १०६ कर्मचारीका लागि ४ हजार ८ सय कित्ता छुट्याइएको थियो । कुल १ लाख २० हजार कित्ता आइपीओमा परेका आवेदनमध्ये १ हजार १ सय ५५ वटा रद्ध भएका बिक्री प्रबन्धकले जनाएको छ । 

बैशाख ७ गतेदेखि ११ गतेसम्म निश्कासन भएको १ करोड २० लाखको आइपीओमा १९५ गुणा भन्दा बढी आवेदन परेको थियो । 

हाल यो माइक्रो फाइनान्स कम्पनीको चुक्तापूँजी २ करोड ८० लाख रुपैयाँ रहेको छ। आइपीओपछि चुक्तापुँजी ४ करोड रुपैयाँ पुुगेको छ ।