काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्था २ बराबर १ को अनुपातमा हकप्रद सेयरको निश्कासन माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।

यो कम्पनीले बैशाख २० गते १०० रुपैयाँ  अंकित दरको ३ करोड मूल्यको ३ लाख कित्ता हकप्रद सेयर निश्कासनको  माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गर्नेछ । 

कम्पनीको हालको चुक्तापुँजी ६ करोड रहेको छ । हकप्रदपछि ९ करोडको उचाईमा पुग्नेछ ।