काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडलाई धितोपत्र बोर्डले आइपीओ निश्कासनको अनुमति दिएको छ ।
यो जलविद्युत कम्पनीलाई १२ करोड ५० लाख मूल्यको १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनका लागि बोर्डले अनुमति दिएको हो ।
पहिलो चरणमा आयोजनास्थल पाँचथरका सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न लागेको हो । स्थानीयपछि सर्वसाधारणकालागि कम्पनीले थप १२ करोड ५० लाख मूल्यकै आइपीओ समेत निश्कासन गर्नेछ
कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिसकेको छ।
पाँचथरको फिदिम गाविसमा रहेको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग गरिएको छ । कम्पनीको प्रतिमेगावाट उत्पादन लागत १७ करोड ९० लाख रुपैयाँ रहेको छ ।
इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको भन्ने जनाउँछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19