काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७८८.७२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ७९ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएर ६८ करोड २१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड २१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो। 

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड १५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिटेन्ड अर्निङ ३४ करोड २३ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले रिटेन्ड अर्निङमा १४२.८६ प्रतिशतको बढोत्तरी भएको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २१.६६ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस २.८५ रुपैयाँमा सीमित थियो। 

पीई रेसियो ५१.४७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४२.२५ रुपैयाँ रहेको छ।